घामबाट छालालाई जोगाउन यस्ता छन् उपाय
काठमाण्डौं । गर्मी मौसम सुरु भएसंगै कतै हिड्नु पर्याे वा दिउँसो बाहिर निस्किनु पर्याे भने एउटा ठुलो पिर हुन्छ, घामले डढिने । अब गर्मी मौसम सुरु भइसकेको छ । अनि कामकाजीहरुलाई दिउँसो बाहिर निस्कनै पर्ने हुन्छ ।यस्तै समस्या हटाउन वा बच्न यस्ता छन् उपाय । यो उपाय अपनाएपछि स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन छ भने पनि रोकिनु पर्दैन् । घामले डढेको छालालाई फेरी उस्तै बनाउन वा छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसरी दिनमा दुई पटक नुहाउदा डढिसकेको छालाको दाग हट्छ ।
घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर लगाएमा पनि फाइदा हुन्छ । यो लेप लगाएर केही बेर सुक्न दिएपछि नुहाउनुहोस्। जौंको पिठो हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ। घरमा यदी घ्युकुमारी छ भने पनि त्यसको प्रयोग गर्न सक्नु हुन्छ । ध्युकुमारीले छालालाई शितल बनाउछ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिज राखेर चिसो बनाइ छालामा लगाउनुहोस्।
चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिरमा डढेको दाग हराउछ । काँक्रोलाई पिसेर तरल बनाइ रसलाई घामले डढेको शरीरका भागमा लगाउदा पनि कालोपन हराउछ । घामले जलेर कालो बनाएको छ भने कालो चिया पिउने मात्रै हैन् शरीरमा केही थोपा लगाउदा पनि फाइदा हुन्छ । चियापत्तीमा हुने एन्टि–अक्सिडियन्ट तत्वले घामबाट डढेको छालाको सौन्दर्यलाई पहिलेको झैँ बनाउछ ।
पुदिनापनि अर्र्र्काे प्राकृतिक तथा घरेलु औषधि हो जसले तपाईको शरीरको सौन्दर्यलाई यथावत राख्न मद्धत गर्छ । दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालाको दाग हटाउन सक्नु हुन्छ । नरम सुति कपडालाई भिनेगरमा चोबेर घामले डढेको भागमा लगादा पनि दाग हटाउन सकिन्छ । सन ब्लक लोसन लगाएर घाममा निस्कनु पनि उत्तम उपाय हो । यस्तै गर्मीयाममा आँखालाई समेत जोगाउनु पर्छ जसकालागि तपाईले घामबाट बच्ने ठूलो चस्मा लगाउने गर्नु राम्रो हुन्छ ।
May 18, 2019 1:17 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो