

घामबाट छालालाई जोगाउन यस्ता छन् उपाय

काठमाण्डौं । गर्मी मौसम सुरु भएसंगै कतै हिड्नु पर्याे वा दिउँसो बाहिर निस्किनु पर्याे भने एउटा ठुलो पिर हुन्छ, घामले डढिने । अब गर्मी मौसम सुरु भइसकेको छ । अनि कामकाजीहरुलाई दिउँसो बाहिर निस्कनै पर्ने हुन्छ ।यस्तै समस्या हटाउन वा बच्न यस्ता छन् उपाय । यो उपाय अपनाएपछि स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन छ भने पनि रोकिनु पर्दैन् । घामले डढेको छालालाई फेरी उस्तै बनाउन वा छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसरी दिनमा दुई पटक नुहाउदा डढिसकेको छालाको दाग हट्छ ।
घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर लगाएमा पनि फाइदा हुन्छ । यो लेप लगाएर केही बेर सुक्न दिएपछि नुहाउनुहोस्। जौंको पिठो हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ। घरमा यदी घ्युकुमारी छ भने पनि त्यसको प्रयोग गर्न सक्नु हुन्छ । ध्युकुमारीले छालालाई शितल बनाउछ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिज राखेर चिसो बनाइ छालामा लगाउनुहोस्।
चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिरमा डढेको दाग हराउछ । काँक्रोलाई पिसेर तरल बनाइ रसलाई घामले डढेको शरीरका भागमा लगाउदा पनि कालोपन हराउछ । घामले जलेर कालो बनाएको छ भने कालो चिया पिउने मात्रै हैन् शरीरमा केही थोपा लगाउदा पनि फाइदा हुन्छ । चियापत्तीमा हुने एन्टि–अक्सिडियन्ट तत्वले घामबाट डढेको छालाको सौन्दर्यलाई पहिलेको झैँ बनाउछ ।
पुदिनापनि अर्र्र्काे प्राकृतिक तथा घरेलु औषधि हो जसले तपाईको शरीरको सौन्दर्यलाई यथावत राख्न मद्धत गर्छ । दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालाको दाग हटाउन सक्नु हुन्छ । नरम सुति कपडालाई भिनेगरमा चोबेर घामले डढेको भागमा लगादा पनि दाग हटाउन सकिन्छ । सन ब्लक लोसन लगाएर घाममा निस्कनु पनि उत्तम उपाय हो । यस्तै गर्मीयाममा आँखालाई समेत जोगाउनु पर्छ जसकालागि तपाईले घामबाट बच्ने ठूलो चस्मा लगाउने गर्नु राम्रो हुन्छ ।
May 18, 2019 1:17 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

