संयुक्त तीन किराती सस्थाहरुले उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउदै।
कुवेत- मे २० कुवेत ।”भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।
फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ ।
कार्यक्रम: उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने
मिति: ०७ जुन २०१९
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
समय: बिहान ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो