Monday 25th November 2024

एनआरएन कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन जुलाई २६ मा , पञ्जिकृत सदस्यताको लागी आब्हान

6 years अगाडी

कुवेत – एनआरएन कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन जुलाई २६ मा हुने भयको छ । गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने निर्णय गरेको गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतका महासचिव हरी लावतीले जानकारी दिएका छन् ।

आगामी कार्यकाल २०१९–२१ को लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ता मिती १९ मे २०१९ देखि १९ जुलाई २०१९ सम्म अनलाईन मार्फत खुल्ला गरोको छ ।
नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS(Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिनेछ । यसको लागी https://mero.nrna.org/ मा गई Membership Registration भित्र आवश्यक विवरण भर्नुपर्नेछ । सदस्यता शुल्क केडि २.५०० फिल्स रहेको छ ।

सदस्यता अनलाईन फारामको लागी आबश्यक कागजातः
१. फोटो (एनआरएनए आईडि कार्डमा प्रयोग हुनेछ)
२. सिभिल आईडी प्रतिलिपि
३. मोबाइल नम्बर र ईमेल
४. राहदानी प्रतिलिपि

अनलाईन आवेदन बारेमा थप जानकारी लिनुपरेमा निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छः

१. सुमित्रादेवि पौडेल – ५५०३३४४० (जेलीब, हसाविया)
२. हरि लावती – ९७२७८३७९ (फाहाहिल, माङगाफ)
३. गणेश रावत – ६५०८१५३२ (साल्मीया, हवाली)
४. उमेश पुडासैनी – ५१६९०५१२ (फर्वानीया)
५. हर्क मोक्तान – ६६१६२७४८ (कुवेत सिटी)
६. शिव कोइराला – ५०४३५३२५ (खैतान, जाहारा)
७. नैना कला राई – ५६६४२६१३ (फर्वानीया)
८. आनन्द आश्चार्य – ५५२०६६४१ (फिन्टास)

महाअधिवेशनको कार्यतालिका र स्थान बारे अर्को सूचना प्रकाशित गरी जानकारी गराईने बताईएको छ ।

          May 21, 2019 1:45 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...