

वैज्ञानिकले पत्ता लगाए किस गर्नुका यस्ता फाइदाहरु

काठमाडौं । दस सेकेन्डको एक चुम्बनको क्रममा करिब आठ करोड जीवाणु चुम्बन गर्नेको मुखमा प्रवेश गर्ने गरेको निष्कर्ष नेदरल्यान्ड्सका वैज्ञानिकको एक दलले निकालेको छ । वैज्ञानिकहरूले १७ देखि ४५ वर्ष उमेर समूहको २१ जोडीको चुम्बन प्रक्रियाको अध्ययन गरेका थिए ।दिनभरिमा नौ पटक चुम्बन गर्नेमा र्यालमार्फत् जीवाणु स्थानान्तरित गर्ने सम्भावना बढी हुन्छ । मानवको मुखमा ७ सय प्रकारको जीवाणु करोडौंको संख्यामा उपस्थित रहेका र तीमध्ये केही मात्र तीव्र गतिमा स्थानान्तरित हुने गरेको उक्त अध्ययनले जनाएको छ ।
ती जीवाणुहरू पाचन, पोषणतत्त्वको मिश्रण र रोगको रोकथाममा लाभदायक हुन्छ । नेदरल्यान्ड्सका वैज्ञानिकको यो अध्ययन जर्नल माइक्रोबिओममा प्रकाशित भएको छ । नेदरल्यान्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ) को एक दलले जोडीहरूसँग चुम्बन बानीबारे थुप्रै प्रश्न गरेका थिए ।
यसमा ‘गत वर्ष उनीहरूले कति पटक एकअर्कालाई चुम्बन गरेका थिए रु’ र, अन्तिम पटक लक्ड लिप्स किस ९अधर चुम्बन० कहिले गरेका थिए रु जस्ता प्रश्न गरेका थिए । वैज्ञानिकहरूले सुरुमा ती जोडीको जिब्रो र र्यालको नमुना र १० सेकेन्डपछि फेरि त्यही नमुना लिएका थिए ।
त्यसपछि उनीहरूलाई जीवाणुको पहिचानलाई सम्भव बनाउने प्रोबायोटिक पेयपदार्थ सेवन गराइयो । अन्तमा जोडीको दोस्रो चुम्बन प्रक्रियापछि वैज्ञानिकहरूले कति जीवाणु अर्को साथीको मुखमा पुगेको पत्ता लगाउन सफल हुन्छन् । यही प्रयोगबाट दस सेकेन्डमा ८ करोड जीवाणु चुम्बन गर्नेको मुखमा पुग्ने गरेको खुलासा भएको हो ।
‘फ्रेन्च किसिङ–दीर्घ चुम्बन’ को माध्यमबाट निकै तीव्र गति र ठूलो संख्यामा जीवाणु एकअर्काको मुखमा पहुँच बनाउने गर्छ,ु अध्ययन दलका प्रमुख प्राध्यापक रेमको कोर्ट भन्छन् । यस अध्ययनबाट जीवाणुबाट उत्पन्न समस्याको उपचार खोज्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । यो चुम्बनको विकासवादी व्याख्या हो । बीबीसी
May 21, 2019 5:04 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल

कुवेतमा घरेलु महिला कामदारको अवस्था र चुनौतीहरू:

कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार

