जितको नजिक छौ : भारतलाई जितेरै फर्किन्छौ
काठमाडौ । भारतिय भूमिमा नेपाली छोरा छोरीले दुनियाँ चकित हुने क्षमता देखाइरहेका छन् । फेरी अब अर्को खुशीको खबर नजिक छ । पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र सहभागीताहरु निकै बढिरहेको मात्र हैन अब्बल समेत बन्दै आएका छन् ।कतिपय नेपालीहरुले त शोको उपाधी नै उचालेका छन् भने कतिले शोमा देखाएको आफनो प्रतिभाको कारण नै बलिउडमा सक्रियरुपमा काम गरिरहेका छन्। यतिबेला पनि भारतीय रियालिटी शोमा नेपालका २ बालकहरुले तहल्का मच्चाईरहेका छन् ।
जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले तहल्का मच्चाईरहेका छन्। उनीहरुले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै आफनो यात्रा शोमा अगाडी बढाईरहेका छन्।उत्कृष्ट पर्फमरको रुपमा देखिँदौ प्रितम आचार्यको प्रस्तुतीलाई भारतीयहरुले पनि प्रशंसा गर्दै आएका छन् भने बलिउडका चर्चित कलाकारहरुले समेत उनको सामाजिक सञ्जालमाफर्त प्रशंसा गरिसकेका छन्। उता रोमाण्टिक अनि सफ्ट गीतमा निकै रुचाईएका आयुष केसीले पनि सबैको मन जितिरहेका छन्। यी दुबैले भारतीय प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिँदै नेपाल र नेपालीहरुको प्रतिनिधित्व जनाईरहेका छन्। यसबीचमा शोमा यी दुबै जना टप ९ मा पुग्न सफल भएका छन्।
आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन् । फ्रेब्रुअरी ९ बाट सुरु भएको “सारेगमप लिटिल च्याम्स” मा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन्।अब उनीहरुलाई आगामी यात्राका लागि भोटको पनि आवश्यकता पर्नेछ । दुबै जनालाई थप सफलताका लागि हाम्रो शुभकामना ‘ । भोटका लागि सजिलो बनाउन सक्दो सेयर गरिदिनुहोला ।
May 22, 2019 11:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो