चुनावमा ठूलो सफलता मिलेसँगै मोदीले हटाए ट्वीटरबाट ‘चौकीदार’ शब्द
एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को लोकसभा चुनावमा बीजेपीलाई प्राप्त ठूलो सफलतासँगै आफ्नो ट्वीटर आइडीबाट चौकीदार शब्द हटाएका छन्।यसअघि काँग्रेसको चौकीदार चोर हुन् भन्ने आरोपको जवाफमा प्रधानमन्त्री मोदीसहित क्याविनेटका प्राय सबै मन्त्रिले आफ्नो ट्वीटर आइडीको नाम अगाडि चौकीदार राखेका थिए।
भारतीय काँग्रेस पार्टी र राहुल गान्धीले चुनावभरी लगातार ‘चौकीदार चोर हुन’ भनी नारा लगाएका थिए। जसको जवाफमा मोदीले १७ मार्चमा चौकीदार जोडेका थिए जसलाई उनले बिहीबार हटाएका हुन्।
उनले चौकीदार शब्दलाई हटाउदै ट्वीट पनि गरेका छन्। ट्वीटमा उनले भने– ‘चौकीदारको भावनालाई अब अर्को स्तरमा लाने समय आएको छ। र यो भावनालाई प्रत्येक क्षणमा जिवित राख्दै भारतको विकासमा निरन्तर लाग्नुहोस्।’ साथै उनले ट्वीटरबाट चौकीदार शब्द हटाएपनि आफ्नो मनमा सधै रहीरहने बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन