जात्रै जात्राको कलाकारसहितको टोली विराटनगरमा
माेरङ – नेपाली चलचित्र जात्रै जात्राको कलाकारसहितको टिम विराटनगर आइपुगेको छ ।गएकाे शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको जात्रैजात्रालाई दर्शकले अत्यधिक मन पराएको निर्देशकको दावी छ । विराटनगरमा रहेकाे सेन्ट्रल मलमा कलाकारहरुले पत्रकारसँग अन्तरक्रियासमेत गरेका छन् । पत्रकारसँगको अन्तरक्रियामा निर्देशक प्रदीप भट्टराईले दर्शकहरुले अत्यधिक रुचाएको बताउनुभयो ।
उहाँले हालसम्म जात्रैजात्राले ४ करोडभन्दा बढीको व्यापार गरेको दावी पनि गर्नुभयो । पूर्वका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निस्केको कलाकारहरुको टोली दमक, इटहरी, धरान हुँदै विराटनगर आइपुगेको हो । भ्रमणका क्रममा दर्शकहरुबाट प्राप्त प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको निर्माता रविन्द्रसिंह बानियाँले बताउनुभयो ।
टोलीमा निर्देशक भट्टराईसहित निर्माता रविन्द्र सिंह बानियाँ, कलाकार विपिन कार्की, वर्षा राउतलगायत सहभागी हुनुहुन्छ । ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका साथै दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
May 24, 2019 10:43 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार