पाँचथर हत्या काण्ड,यसरी गरेका थिए पालैपालो हत्या, भयो डर लाग्दो खुलासा (भिडियो सहित)
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको सामुहिक हत्याको प्रारमिभक कारण सम्बन्ध विच्छेद (डिभोर्स) देखिएको छ । ९ जनाको विभत्स हत्यामा ज्वाई र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा पुगेर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।
झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका कान्छा ज्वाई रहेको खुल्न आएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजाल भन्छन् हाम्रो अनुसन्धानमा मानबहादुरदे मारेको देखिन्छ तर पोष्टमार्टम रिपोर्ट नआए सम्म ठोकुवा गर्दनौ ।
डिआईजी रिजाल भन्छन् मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती दुई वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको देखियो त्यो सँगै आफु झुण्डिएको ठाउँमा धारिलो हतिायर भेटिएको छ । मानबहादुरले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोंकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।
May 24, 2019 4:23 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।