निर्मला हत्याकाण्डः १० महिनासम्म सुराक खोज्दै प्रहरी
धनगढी, ११ जेठ । कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते भए।
निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्त चार महिनासम्म अनवरत धर्ना बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्त हत्याकाण्डको रहस्य १० महिना हुँदा पनि खुल्न सकेको छैन।
हत्यारा पत्ता नलागेपछि यसअघि दबाब दिन संघर्षमा उत्रेका स्थानीय, अधिकारकर्मी, निर्मलाका आमाबुबालगायत आफन्त पनि सुस्ताएका छन्। ‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्,, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?
May 25, 2019 10:59 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :