विप्लवलाई प्रचण्डले भने आउँनुहोस् मिलेर देशलाई समृद्ध बनाऊँ
अहिले नेपालमा विप्लवको बन्दको चर्चा सुरु भएको छ । देशैभरीबाट विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवलाई शान्तिको बाटोमा ल्याउन सरकार सकारात्मक नभएको धेरैको आरोप रहेको छ । योबीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनु भएको छ ।
उहाँले राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको स्पष्ट पार्नुभयो । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि रु मैले चाहिँ त्यसरी बुझेको छु ।’उहाँले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताउनुभयो । सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डको बुझाई रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ ।
एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेम जोड दिनुभयो ।
May 28, 2019 9:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो