सलमानले प्रियंकाको हिम्मतको तारिफ गरे
मुम्बइ। सलमान खानको फिल्म भारत ५ जूनमा रिलिज हुँदैछ । यो फिल्मकी मुख्य पात्र कुमुदको भूमिका कट्रिना कैफले निभाएकी छिन् । पहिले यो रोलको लागि सलमानको पहिलो रोजाइ प्रियंका चोपडा भएको बताइएको थियो । तर, अब सलमानले आफैं खुलासा गरेका छन् कि यो भूमिकाको लागि प्रियंका आफैंले उनलाई भनेकी थिइन् ।
एक पत्रकार सम्मेलनमा सलमानले भनेका थिए कि प्रियंकाले यो भूमिकाको लागि निकै रुचि देखाएकी थियन् । प्रियंका २० दिनको लागि भारतमा थिइन् । उनले अलीलाई यो फिल्मको लागि फोन पनि गरेकी थिइन् । तर, अचानक निक आए त्यसपछि उनीहरुले बिहेको योजना बनाए ।
सलमानले भने ‘प्रियंकाले मलाई भनेकी थिइन् कि निकले उनलाई विवाहको लागि प्रपोज गरेका छन् । मैले पनि उनलाई केही दिन समय मिलाउने भन्दै बिहे गर्न भनें । तर, पछि उनले फिल्मबाट अलग हुने फैसला गरिन् । प्रियंका निकै परिश्रमी अभिनेत्री हुन् । बिहेको लागि आफ्नो करिअरको ठूलो फिल्म छोड्न ठूलै हिम्मत चाहिन्छ जुन उनीमा छ ।’
May 28, 2019 12:09 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार