झापामा नाच्दै खुश्बु र साम्राज्ञी
काठमाडौं– अशोक शर्माको निर्माण निर्देशन रहने नयाँ फिल्म ‘रातो टिका निधारमा’को अहिले झापाको अर्जुनधारा जलेश्वर धाममा छायाँकन भइरहेको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’को लागि भव्य सेट बनाएर फिल्मको छायाँकन सुरु गरिएको हो ।
रातो टिका निधारमा’ गीत शर्माकै निर्देशन रहेको दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश थियो । त्यतिबेला अभिनेत्री करिश्मा मानन्धर र अभिनेता राजेश हमालले नृत्य गरेको यो गतिमा अहिले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र नव अभिनेता अंकित शर्माले नृत्य गरिरहेका छन् । अंकित निर्देशक शर्माका छोरा हुन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् ।
नेपाली पहिरनमा सजिएका कलाकारको निधारमा रातो टिका लगाएर छायाँकन भइरहेको गीतमा साम्राज्ञी र अंकितका अलवा अभिनेत्री खुस्बु खड्का, बुद्धी तामाङ, नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको पनि नृत्य रहेको छ ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्मको यो गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । वसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । गीत सकिएपछि फिल्मको अन्य दृश्यहरु झापाबाटै छायााकन थालिने निर्देशक शर्माले बताए ।
May 28, 2019 2:40 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो