बिवाहका लागि कट्रिना आफैंले राखिन् सलमानसँग प्रस्ताव, खानले दिए यस्तो जवाफ
भारतमा अहिले अर्कै भारतको चर्चा चुलिदैं गएको छ । भएको के भने अहिले बलिउड अभिनेता सलमान खान आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनमा व्यस्त रहने गरेका छन् । अर्को महत्वपुर्ण कुरा ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरुसँग प्रेम सम्बन्ध चले पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन ।
बलिउडमा उनको विवाहको बारेमा सधैँ चर्चा हुने गर्दछ तर ती हल्लाहरु हल्लामै सीमित हुने गर्छन् । हालै चलचित्र भारतको प्रमोसनमा व्यस्त सलमानले प्रचारप्रसारको क्रममा विवाहको बारेमा पनि बोलेका छन् । उनी भन्छन् ‘विवाहको लागि आजसम्म कसैले प्रपोज गरेको छैन ।’
चलचित्र भारतमा कट्रिनासँग स्क्रिन सेयर गरेका सलमानलाई कट्रिनाले चलचित्रमा विवाहको प्रस्ताब राखेकी छिन् । सलमान भन्छन्, ‘आफूले कहिले पनि प्रेमिकालाई क्यान्डल लाईट डिनरमा नलगेको र सायद लगेको भए विवाहको प्रस्ताब आउँथ्यो कि भन्छन् ।’
भारतीय सञ्चारमाध्यममा आएको जानकारी अनुसार चलचित्रको एक दृश्यमा कैफले सलमानलाई आफ्नो उमेर बढ्दै गएको हुनाले विवाहका लागि प्रस्ताव राख्छिन तर सलमान भने लाजले मुख छोप्छन् । यो भिडियो पनि अहिले भाइरल भइरहेको छ । यो विश्वास गरिएको छ कि निकट भविष्यमा उनीहरुको विवाह हुनसक्छ । एजेन्सी
May 28, 2019 5:12 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो