

बिवाहका लागि कट्रिना आफैंले राखिन् सलमानसँग प्रस्ताव, खानले दिए यस्तो जवाफ

भारतमा अहिले अर्कै भारतको चर्चा चुलिदैं गएको छ । भएको के भने अहिले बलिउड अभिनेता सलमान खान आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनमा व्यस्त रहने गरेका छन् । अर्को महत्वपुर्ण कुरा ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरुसँग प्रेम सम्बन्ध चले पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन ।
बलिउडमा उनको विवाहको बारेमा सधैँ चर्चा हुने गर्दछ तर ती हल्लाहरु हल्लामै सीमित हुने गर्छन् । हालै चलचित्र भारतको प्रमोसनमा व्यस्त सलमानले प्रचारप्रसारको क्रममा विवाहको बारेमा पनि बोलेका छन् । उनी भन्छन् ‘विवाहको लागि आजसम्म कसैले प्रपोज गरेको छैन ।’
चलचित्र भारतमा कट्रिनासँग स्क्रिन सेयर गरेका सलमानलाई कट्रिनाले चलचित्रमा विवाहको प्रस्ताब राखेकी छिन् । सलमान भन्छन्, ‘आफूले कहिले पनि प्रेमिकालाई क्यान्डल लाईट डिनरमा नलगेको र सायद लगेको भए विवाहको प्रस्ताब आउँथ्यो कि भन्छन् ।’
भारतीय सञ्चारमाध्यममा आएको जानकारी अनुसार चलचित्रको एक दृश्यमा कैफले सलमानलाई आफ्नो उमेर बढ्दै गएको हुनाले विवाहका लागि प्रस्ताव राख्छिन तर सलमान भने लाजले मुख छोप्छन् । यो भिडियो पनि अहिले भाइरल भइरहेको छ । यो विश्वास गरिएको छ कि निकट भविष्यमा उनीहरुको विवाह हुनसक्छ । एजेन्सी
May 28, 2019 5:12 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

