Monday 24th February 2025

मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली आज भारत जाँदै

6 years अगाडी

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदै छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका हुन् । प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ । बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपालबाट दिल्ली ओर्लन्छन् । शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

          May 30, 2019 3:32 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...