सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ भदाै २७ मा
काठमाण्डौ – सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदाे भदाै २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको बजेट धेरै भएका कारण पनि राम्रोे प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाइ छ । चलचित्र ‘पासवर्ड’ को रिलिज मिति तय भएसँगै अब पल शाह अभिनित चलचित्र ‘हृदय भरी’ तथा दयाहाङ राई र रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ जुध्ने भएका छन् ।
चलचित्र ‘पासवर्ड’ को निर्देशन सम्राट बस्नेतले गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक बस्नेतले तयार पारेका हुन् । चलचित्रमा विक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी रानालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एउटा गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णुदेभाले निर्देशन गरेका हुन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन्, जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउडका स्टार कलाकारका सिनेमाहरुमा नृत्य निर्देशनको रुपमा काम गरिसकेका छन् ।
May 30, 2019 5:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार