

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता हुँदैछ। प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ। यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।
सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ।
May 31, 2019 9:54 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

