संकटमा सलमानको भारत, उच्च अदालतमा मुद्दा
एजेन्सी । सलमान खान स्टारर बलिउड फिल्म भारत रिलिजको मिति नजिकिँदै जाँदा संकटमा परेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म भारतको शीर्षकका विषयलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ ।रिट दर्ता गर्नेहरुले भारत नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् ।
एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेका छन् ।
रिटमा सलमानको फिल्म राखिएको नाम अनुचित उपयोगको रोकथाम कानुनअनुसार भारत शब्दको प्रयोग हुन नसक्ने बताएका छन् । सो कानुनअनुसार भारत शब्दको प्रयोग प्रोफेशनल र कमर्शिल उपयोगका लागि गर्न प्रतिबन्ध छ ।
एक अर्को रिर्पोटका अनुसार रिट निवेदकहरुले फिल्मको एक डाइलग जसमा सलमानले आफ्नो तुलना भारतसँग गर्छन् त्यो पनि हटाउन माग गरेका छन् । यो डाइलग फिल्मको ट्रेलरमा सुनिएको छ । उता सलमान र कटरीना कैफ भने फिल्मको प्रमोशनमा व्यस्थ छन् ।
यो फिल्मको निर्देशन अली अब्बास जफरले गरेका छन् । यो फिल्म कोरियन फिल्म टू माई फादरको हिन्दी रिमेक हो । यो फिल्ममा सलमान खानलाई पहिलो पटक बुढो देखाइएको छ । फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी, सुनील ग्रोभरलगायत स्टार्सले काम गरेका छन् ।
May 31, 2019 10:26 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :