संकटमा सलमानको भारत, उच्च अदालतमा मुद्दा
एजेन्सी । सलमान खान स्टारर बलिउड फिल्म भारत रिलिजको मिति नजिकिँदै जाँदा संकटमा परेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म भारतको शीर्षकका विषयलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ ।रिट दर्ता गर्नेहरुले भारत नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् ।
एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेका छन् ।
रिटमा सलमानको फिल्म राखिएको नाम अनुचित उपयोगको रोकथाम कानुनअनुसार भारत शब्दको प्रयोग हुन नसक्ने बताएका छन् । सो कानुनअनुसार भारत शब्दको प्रयोग प्रोफेशनल र कमर्शिल उपयोगका लागि गर्न प्रतिबन्ध छ ।
एक अर्को रिर्पोटका अनुसार रिट निवेदकहरुले फिल्मको एक डाइलग जसमा सलमानले आफ्नो तुलना भारतसँग गर्छन् त्यो पनि हटाउन माग गरेका छन् । यो डाइलग फिल्मको ट्रेलरमा सुनिएको छ । उता सलमान र कटरीना कैफ भने फिल्मको प्रमोशनमा व्यस्थ छन् ।
यो फिल्मको निर्देशन अली अब्बास जफरले गरेका छन् । यो फिल्म कोरियन फिल्म टू माई फादरको हिन्दी रिमेक हो । यो फिल्ममा सलमान खानलाई पहिलो पटक बुढो देखाइएको छ । फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी, सुनील ग्रोभरलगायत स्टार्सले काम गरेका छन् ।
May 31, 2019 10:26 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।