

हात समातेर रोकिरहिन् कट्रिना कैफ, सलमान खानले यसरी गरे ‘अपमान’

बलिउड नायक सलमान खान ‘भारत’को प्रोमोशनमा व्यस्त छन् । प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भारतीय मिडियाले दाबी गरिरहेका छन् ।वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् । कोरियोग्राफरले पनि कट्रिनाको कडा मेहनतको तारिफ गरे ।
कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले बताए । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले सलमानलाई उक्त डान्स स्टेप नगर्न सुझाइन् । स्मरण रहोस्, सलमान खानको घुँडामा समस्या छ । डेक्कन क्रोनिकलसको एक रिपोर्ट अनुसार चुनौतीबाट पछि नहट्ने सलमान खान डान्स स्टेप गर्न आफ्नो कुर्सीबाट उठे । कट्रिनाले उनको हात समातेर रोक्न खोजिन् तर सलमान कट्रिनाको हात छुटाएर स्टेजतर्फ बढे ।
सलमान खान स्टेजमा पुगेपछि पनि कट्रिनाले पुनः माइकबाट उक्त स्टन्ट उनको घुँडाका लागि ठिक नभएको भन्दै यस्तो नगर्न सल्लाह दिइन् । तर जिद्दी सलमानले उक्त स्टेप गरेर मात्रै आफ्नो कुर्सीमा फर्किए ।यो देखेर कट्रिनाको अनुहार मलिनो भयो । यसो गरेर सलमानले कट्रिनाको कुराको नजरअन्दाजमात्र गरेनन्, उनले एकैपटकमा निकै कठिन भनिएको उक्त डान्स स्टेप गरेर देखाइदिए ।सलमानको डान्स एकप्रकारले कट्रिनाको एक महिनाको मेहनतमाथिको अपमान जस्तै भएको धेरैले बताइरहेका छन् ।
June 4, 2019 9:56 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

