हात समातेर रोकिरहिन् कट्रिना कैफ, सलमान खानले यसरी गरे ‘अपमान’
बलिउड नायक सलमान खान ‘भारत’को प्रोमोशनमा व्यस्त छन् । प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भारतीय मिडियाले दाबी गरिरहेका छन् ।वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् । कोरियोग्राफरले पनि कट्रिनाको कडा मेहनतको तारिफ गरे ।
कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले बताए । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले सलमानलाई उक्त डान्स स्टेप नगर्न सुझाइन् । स्मरण रहोस्, सलमान खानको घुँडामा समस्या छ । डेक्कन क्रोनिकलसको एक रिपोर्ट अनुसार चुनौतीबाट पछि नहट्ने सलमान खान डान्स स्टेप गर्न आफ्नो कुर्सीबाट उठे । कट्रिनाले उनको हात समातेर रोक्न खोजिन् तर सलमान कट्रिनाको हात छुटाएर स्टेजतर्फ बढे ।
सलमान खान स्टेजमा पुगेपछि पनि कट्रिनाले पुनः माइकबाट उक्त स्टन्ट उनको घुँडाका लागि ठिक नभएको भन्दै यस्तो नगर्न सल्लाह दिइन् । तर जिद्दी सलमानले उक्त स्टेप गरेर मात्रै आफ्नो कुर्सीमा फर्किए ।यो देखेर कट्रिनाको अनुहार मलिनो भयो । यसो गरेर सलमानले कट्रिनाको कुराको नजरअन्दाजमात्र गरेनन्, उनले एकैपटकमा निकै कठिन भनिएको उक्त डान्स स्टेप गरेर देखाइदिए ।सलमानको डान्स एकप्रकारले कट्रिनाको एक महिनाको मेहनतमाथिको अपमान जस्तै भएको धेरैले बताइरहेका छन् ।
June 4, 2019 9:56 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।