

जब ओली–प्रचण्डले बालुवाटारमा मनका बह पोखे

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लगभग दिनहुँ जसो भेटवार्ता हुन्छ । पछिल्लो समय आइतबार दुई अध्यक्षबीच झन्डै एक सातापछि मात्र भेट भयो । अघिपछि हुने भेटवार्ताभन्दा आइतबारको ‘वान टु वान’ भेटलाई विषेशरुपमा हेरिएको थियो । गणतन्त्र दिवसको दिन पारेर अध्यक्ष प्रचण्डले एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्ताले अर्का अध्यक्ष ओलीलाई समेत झस्काउने गरी नेकपामा तरङ्ग पैदा गरेको थियो । प्रचण्डको उक्त अन्तरवार्तापछि दुई अध्यक्षबीच के कुराकानी हुने हो भन्ने चासो सबैको थियो ।
उक्त अन्तरवार्ताको तरङ्ग अझै सेलाएको छैन । बरु नेकपामा नयाँ बहस सुरु भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्ड तीन घण्टा लामो छलफलमा जुटेका थिए । दुई नेताबीच पार्टी एकताका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको हुन सक्ने अनुमान अन्य नेता कार्यकर्ता थियो । किनभने सचिवालयको बैठकको पूर्वसन्ध्या सधैँजसो दुई अध्यक्ष छलफलको लागि बस्ने गरेका थिए । किनभने सोमबार नेकपाको सचिवालय बैठक तय भएको थियो । तर, आइतबारको भेटवार्ता पार्टी एकीकरणका बाँकी काम टुंगाउने विषयमा छलफल केन्द्रीत भएन । बरु आफ्ना तितामिठा मनका बह पोखेरै अध्यक्षद्वयले तीन घण्टा समय बिताए । त्यसबाहेक पुराना विषयमा एकले अर्कालाई विश्वास दिलाउने कोशिस गरे ।
बालुवाटारमा ओलीसँग रिसाएर फर्किए माधव नेपाल आइतबारको भेटवार्ता सकिएपछि दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् प्रधानमन्त्री निकट एक नेताका अनुसार प्रचण्डको अन्तरवार्ताले आफूलाई तनाव भएको भन्दै प्रचण्डलाई ‘तपाईंले गर्न खोजेको के हो ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘यो कुनै नौलो कुरा नभएको र मिडियाले अनावश्यक रुपमा उछालेको’ जवाफ दिएका थिए । ‘यो विषयलाई सिरियस्ली नलिनुहोला,’ प्रचण्डको भनाई उद्धृत गर्दै तीन नेताले बताए ।
ती नेताका अनुसार प्रचण्डले पनि ओलीलाई गणतन्त्र दिवसको दिन एक पटक पनि जनयुद्ध शब्द उच्चारण नगरेकोमा आफूलाई चित्त दुखेको बताएका थिए । प्रचण्डको भनाई उद्धत गर्दै ती नेताले भने, ‘गणतन्त्र दिवसको दिन आफ्नो भाषणमा जनयुद्धको उपलब्धी गणतन्त्र हो भनेर भन्ने शब्द समेत कतै उच्चारण गर्नुभएन । तपाईंलाई अझैपनि जनयुद्ध शब्द उच्चारण गर्न के को आपत्ति ?’
त्यस्तै ओलीले आफू विदेश जाँदामात्रै किन यस्तो हुन्छ भनेर गुनासो पनि प्रचण्डसँग गरेको ति नेताले बताए ।
दुई अध्यक्षबीच आफ्ना बह पोख्नमै समय बितेपछि सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ । अर्को बैठक मंगलबारका लागि तय भएको छ । सोमबार भने बालुवाटारमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलबीचमा एकीकरणका बाँकी काम टुंगाउनेबारे गृहकार्य भैरहेको छ ।
पार्टी एकता गर्दा गोप्य भनिएपनि यो सहमतिमा नेकपाका धेरै नेता–कार्यकर्ताका लागि ‘ओपन सेक्रेट’ थियो । तर, अध्यक्ष प्रचण्डले जेठ १५ गते एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पार्टी एकताको समय भएको सहमतिको प्रसङ्ग कोट्टाए र प्रधानमन्त्रीका लागि आफ्नो दावेदारी अगाडि सारे । यसलाई धेरैले प्रधानमन्त्री ओलीमाथि प्रचण्डको दबाबको राजनीतिका रुपमा बुझेका छन् । त्यसपछि ओलीले पनि त्यस्तै खालका व्यङ्गात्मक प्रतिक्रिया दिएका थिए ।
पार्टी एकतापछि संगठनात्मक एकता गर्दा होस् वा सरकारका काम कारवाहीका विषयमा होस्, ओली र प्रचण्डले बेलाबेला एक अर्कामाथि अविश्वास देखिने गरेको छ । यसैको शृङ्खलामा पछिल्लो पटक आलोपालो प्रधानमन्त्रीको प्रसङ्ग आएको छ । २०७५ जेठ २ गते बालुवाटारमा भएको पाँच बुँदे सहमतिमा तत्कालीन एमालेका तर्फबाट अध्यक्ष ओली र उपमहासचिव विष्णु पौडेल तथा तत्कालीन माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माले गोप्य भनिएको एउटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमति पार्टीको वैचारिक–राजनीतिक पक्षबाहेक संगठनात्मक विषय पनि थिए । तर, अहिले नेकपामा तरङ्ग ल्याएको चाँहि सहमतिको चौँथो बुदालाई लिएर हो । चौँथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने कुरा उल्लेख छ । प्रचण्डले आफ्नो अन्तरवार्तामा अवको १५ महिनापछि प्रधानमन्त्री ओलीले या त प्रधानमन्त्री या त अध्यक्ष पद छाड्नुपर्ने खालको अभिव्यक्ति दिएका थिए । अन्तरवार्तामार्फत नै प्रचण्डले सहमति अनुसार अगाडि बढ्नुको विकल्प छैन भनेर प्रधानमन्त्री ओलीलाई अबको १५ महिनापछि पद छाड्ने मानसिकता बनाउन पनि सन्देश दिएका थिए ।
June 4, 2019 10:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

