उपत्यकाको चौडा सडकमा तीव्र गतिमा गाडी गुडाउन नपाइने
काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ।कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा तोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका अनुसार कोटेश्वर–कलंकी सडकको करिब साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सीमा तोकेको छ । सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकेको छ ।
चीन सरकारको सहयोगमा ८ लेनको बनाइएको यो सडक गएको १३ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । विज्ञ समूहले सडक पैदलयात्रु र चालकमैत्री नदेखिएकोले यसमा केही पूर्वाधार थप्नुपर्ने बताउँदै आइरहेका छन् ।महाशाखाले गति निर्धारण गरी सवारीको गति मापन गर्न ‘लेजर स्पीड गन’ प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।
ट्राफिक महाशाखाका अनुसार ‘लेजर स्पिड गन’ विशेष खालको क्यामेराजडित उपकरण हो । यो दूरबिन आकारको हुन्छ, यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छन् । यसले सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ । सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारितभन्दा बढी गुड्ने सवारीसाधनको गति सजिलै देखिने भएकाले यसैका आधारमा प्रहरीले उक्त सवारीसाधनलाई कारबाही गर्न सक्छ ।
June 4, 2019 10:58 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :