‘‘सारेगमपा’’को उत्कृष्ट टप ६ मा आयुष र प्रितम
भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सु को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य फाइनल ९टप ६० मा पर्न सफल भएका छन्। टप ९ का अन्य सहभागीलाई उछिन्दै दुबै फाइनलमा पुगेका हुन। उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् । अब उनीहरुको फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्स बाट निर्धारण हुनेछ।
प्रतियोगितामा भारतभरिका कुल २०,००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन्। सेमीफाइनल पर्फपमेन्समा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत फ़िल्म ‘हम दिल दे चुके सनम’ बाट इस्माइल दरबार को संगीत रहेको र केके ले गाएको ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुले गाएको ‘तुम मिले दील खिले’ भन्ने गीत गाएका थिए। कार्यक्रममा जजहरू गायक द्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायकरसंगीतकार आनन्द राज आनन्द लगायत १२ जुरी मेम्बरले ठूलो प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगि उचालेको दृश्य आफैंमा रोमाञ्चित हुने खालको थियो।
नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्य एक आयुष केसी, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत सानैबाट संगीतमा रुचि राख्ने गरेको हाल भारतको मुम्बइमा रहेको उनकी आमा रिता केसीले बताइन।
उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन। आयुष घरका कान्छा छोरा हुन्। अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन्। बाबा टुुर गाइड हुन् भने आमा(गृहणी। मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्दो सहयोग गर्यो। जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन्।
पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्यका अर्का सुनसरी, इटहरीका बालप्रतिभा प्रितम आचार्य त्यहाँको विश्व आदर्श स्कूलमा अध्ययनरत छन्। इटहरीमा एक निजी कम्पनिमा कार्यरत उनका बुवा काशिनाथ आचार्य ६ महिना देखी मुम्बईमा नै छन्। प्रतिकुल आर्थिक अवस्थाका बाबजुद प्रितमको साङ्गेतिक यात्राको लागि उनको परिवारले धेरै ठुलो त्याग गरेको छ। यो यात्रामा पुग्नु अघि आयुष केसी र प्रीतम आचार्यले धेरै चरण पार गरेका हुन। सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो।
सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो। दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछी ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरु टप ११, टप ९ ९सेमिफाइनल० हुँदै अब फाइनल सम्मको यात्रा तय गर्न सफल भएका हुन।
June 4, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो