दर्शक-श्रोताको रोजाइमा प्रकाश सपूतको ‘गलबन्दी’: यूट्यूबको १ नम्बर ट्रेन्डिङमा
लमजुङ – आम दर्शक तथा श्रोताको मन जित्ने गरी गाउन, नाच्न सक्ने खुबी भएका बहुप्रतिभाशाली सर्जक हुन्, गायक, मोडल, संगीतकार प्रकाश सपूत ।धेरै लोकदोहोरी गीत गाउनुका साथ थुप्रै गीतमा कम्मर मर्काएका प्रकाश सपूत अहिलेका चर्चित सर्जक रुपमा चिनिन्छन्, नेपाली सांगीतिक क्षेत्रमा ।
‘बोल माया’ पछि नेपाली लोक सांगीतिक क्षेत्रमा उनको चर्चा निकै चुलियो । वैदेशिक रोजगारीले निम्त्याएका समस्यामा केन्द्रlत रही तयार पारिएको ‘बोल माया’ले धेरै दर्शक श्रोतालाई रुवायो ।
उनै युवा सर्जक प्रकाश सपूतको ‘गलबन्दी’ अहिले चर्चामा छ । सबै उमेर समूहका दर्शक-श्रोताले रुचाएका छन्, यस गीतलाई । यस गीतमा माया प्रेमको भावलाई मौलिक शब्द, लय, सुरमा प्रस्तुत गरिएको छ । यस गीतको शब्द, संगीत प्रकाश सपूतकै होे भने आवाज पनि प्रकाश सपूत र गायिका शान्तिश्री परियारले भरेका छन् ।
गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र प्रकाश सपूतलाई ‘फिचरिङ’ गरिएको छ । भिडियोको बीचबीचमा राखिएको संवादले दर्शकलाई थप मनोरञ्जन दिएको छ । यस गीतको निर्देशन पनि प्रकाशले नै गरेका हुन् । प्रकाश सपूतको आफ्नै यूट्यूब च्यानलबाट ६ दिनअघि अपलोड गरिएको यस गीतको भिडियो युट्युब ट्रेन्डिङ १ मा पर्न सफल भएको छ ।
June 4, 2019 2:19 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो