सलमानका कारण भन्सालीको फिल्मबाट बाहिरिइन् प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा फिल्म निर्माता सञ्जयलीला भन्सालीका साथ फिल्म ‘बाजीराव मस्तानी’ पछि एक पटक फेरि काम गर्ने कुराले निकै उत्साहित थिइन् । तर अब भने उनले यस फिल्ममा काम गर्ने अवसर गुमाइसकेकी छिन् ।
प्रियंकाले यस फिल्ममा काम गर्न नपाउनुको पछाडिका कारण सलमान खान हुन् । प्रियंकाले जति उत्साहित भएर सञ्जयलीला भन्सालीको अब आउने फिल्म साइन गरेकी थिइन् त्योभन्दा बढी निरास भएर उनले यस फिल्मबाट बाहिरिनु परेको छ ।
सलमान खान र प्रियंका चोपडाबीचको मनमुटावको लामो इतिहास नै रहेको छ । केही वर्षअघि डेविड धवनको फिल्म ‘मुझसे सादी करोगे’ मा सलमान खानले प्रियंकाका साथ काम गर्न अस्वीकार गरिदिएका थिए । फिल्मका दोस्रो अभिनेता अक्षयले पनि प्रियंकाका साथ काम नगर्ने भनेका थिए । तर त्यो अर्कै कथा थियो ।
तर सलमान खान र प्रियंकाबीचको मनमुटाब त्यति बेला झनै बढ्यो भयो जुन बेला प्रियंका आफैले निर्देशक अली अब्बास जफरसँग फिल्म ‘भारत’ मा सलमान खानको अपोजिट कास्ट गर्न अनुरोध गरिन् । निर्देशकले सलमानलाई मनाउनका लागि पटक–पटक गरेको कोसिसपछि सलमानले पनि हुन्छ भने तर फेरि अन्त्यमा आएर प्रियंकाले फिल्म छोडिदिइन् । त्यही बेलादेखि सलमान खान र प्रियंका चोपडाबीचको सम्बन्ध बिग्रिएको थियो ।
त्यसपछि सलमान खानका नजिकका साथीहरुले अब सलमान खान र प्रियंका चोपडालाई एकसाथ एउटै फिल्ममा हेर्नका लागि यो जुनीमा सम्भव नरहेको बताएका थिए । अहिले सञ्जयलीला भन्सालीका अगाडि पनि २ वटा अप्सन थिए । र उनले सलमान खानलाई रोज्दै प्रियंका चोपडालाई बाहिरको बाटो देखाइदिए ।
June 5, 2019 11:12 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।