Monday 9th February 2026

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदै

7 years अगाडी

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदैछ ।भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयनको शुभारम्भ हुन लागेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष आतिथ्यमा कार्यक्रम हुँदैछ । सूर्यविनायकबाट कटुञ्जे–तीनधारा सडक निर्माण सुरु गरेर भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।यसमध्ये चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार रुपैयाँ बराबरको रकम विनियोजना गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।

          June 7, 2019 1:57 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...