‘प्रदीप खड्कासँग ‘डेट’ जाने इच्छा छ’
मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी श्रेयाको त्यसपछि कुनै पनि फिल्म आएको छैन तर म्युजिक भिडियो भने थुप्रै आएका छन् । नवगायिका सृजनाको ‘पवन बनेर’बोलको गीतबाट म्युजिक भिडियो अभिनय सुरु गरेकी श्रेयाले अहिलेसम्म करिब तीन दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरेकी छन् ।
आफ्नो अध्ययनलाई डिस्टर्ब हुने देखेर फिल्मभन्दा म्युजिक भिडियो अभिनय अगाडि बढाइरहेकी श्रेया २०१३ बाट यो फिल्डमा होमिएकी हुन् । ‘मिस टिन २०१३’ मा सेकेन्ड रनर अप बिजेता भएपछि आफ्नो अभिनयमा रुचि बढेको उनले बताइन् । उनी अहिले टेलिभिजनबाट प्रसारण हुने टेलिशृङ्खला ‘डियर जिन्दगी’ अभिनय गरहेकी छन् । बौद्ध जोरपाटीकी स्थायी बासिन्दा श्रेयासँग दस प्रश्न ।
कलाकारितालाई कसरी बुझ्नुभयो ? : यो क्षेत्र राम्रो छ । त्यसैले पनि यसलाई निरन्तरता दिइरहेको हो । यो क्षेत्रमा मिहिनेत त गर्नुपर्छ । तर धेरै कुरा सिक्न र अगाडि बढ्न सकिन्छ ।
अभिनय किन रोजाइमा पर्यो ? : केटी मानिसको सानैदेखि नक्कलझक्ल गर्ने, अभिनय गर्ने बानी हुन्छ । म पनि त्यस्तै थिएँ । तर अभिनयमा आइहाल्छु भन्ने थिएन जब एसएलसी दिए । त्यसपछि ‘मिस टिन २०१३’मा भाग लिए । यो प्रतियोगिताको सिलसिलामा फोटोसुट लगायत विभिन्न क्रियाकलाप गर्दागर्दै रमाइलो लाग्न थाल्यो । खुसी मिल्न थाल्यो । आफूले आफैलाई राम्रो फिल गर्न थाले । कलाकारिता नै मेरा लागि ठीक पेसा हो भन्ने लाग्यो । त्यसैले अभिनयमै होमिएँ ।
कलाकारिताको पहिलो आम्दानी ? : अभिनयमा डेब्यु ‘बागमती’ भन्ने फिल्मबाट भयो । तर पहिलो पटक पारिश्रमिक हात परेको भनेको म्युजिक भिडियोबाट हो । म्युजिक भिडियो अभिनयबाट १० हजार पाएको थिए । त्यो पैसा घरमा लगेर बुझाए । फिल्म अभिनयको पैसा धेरै पछि पाए ।
फिट्नेस गर्नुहुन्छ ? : पहिले फिटनेसमा खासै ध्यान थिएन । अहिले दिन थालेकी छु । कलाकारितामा लागेपछि आफ्नो बडी पनि मेन्टेन गर्नुपर्छ । जसरी पनि आफूले आफूलाई राम्रो देखाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।
फेसनमा रुचि त पक्कै होला ? : चलेको फेसनको फलो गर्नेभन्दा पनि म आफूलाई कम्फर्टेबल पहिरन प्रयोग गर्छु । त्यसैले बढी प्रयोग गर्ने भनेको क्याजुअल पहिरन नै हो । म राम्री र हट भने वान पिसमा देखिन्छु ।
सपना ? :अभिनय रोजेकी छु । कसरी हुन्छ यो फिल्ममा आफूलाई अगाडि बढाउने हो । कलाकारितामा स्थापित भएर नाम दाम कमाउने सपना छ ।
मनपर्ने केटा ? : सबैलाई आदर गर्ने, बुझक्की केटा राम्रो लाग्छ ।
प्रेम त पक्कै होला ? : छैन, छैन । अहिले म आफ्नो करियरमा फोकस भएर लागि परेको छु । पहिला आफू बनेपछि मात्र अरूका बारेमा सोच्न सकिन्छ । हैन र ?
कस्ती केटी ? :धेरै इच्छा भएकी, जोस र जाँगरले भरिएकी सिम्पल गर्ल भन्दा हुन्छ ।
रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ? : अभिनेता प्रदीप खड्कासँग डेट जाने इच्छा छ । उहाँ राम्रो, समर्पित र लगनशील केटा जस्तो लाग्छ । उहाँसँग डेट जान पाइयो भने धेरै कुरा सिक्न सकिन्छ जस्तो लागेको छ । अभिनयमा पनि उहाँसँग नै स्क्रिन सेयर गर्न मन छ ।
June 7, 2019 6:48 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी