बलिउड गायिका नेहा कक्कड आज नेपाल ओर्लिँदै, भोलि हुनेछ भव्य कन्सर्ट
7 years अगाडी
Susma Dhakal
काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन्। भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाडौं आउने भएकी हुन्।
उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन्। कक्कडले नेपालमा पहिलोपटक हुन लागेको आफ्नो कन्सर्टमा दर्जन गीत गाउने योजना बनाएकी छन्।
पारामाउन्ट इन्टरटेन्मेन्टका प्रमुख तथा अन्तर्राष्ट्रिय मोडल दीप्क घिमिरे तथा एलओडीका सञ्चालक जनार्दन ढुंगेल ‘जेडी’ ले उनलाई काठमाडौं झिकाएका हुन्। सन् २००६ मा भएको इन्डियन आइडल सिजन–२ बाट सांगीतिक यात्रा थालेकी कक्कडले अहिले बलिउडकै नम्बर १ गायिकाका रूपमा सक्रिय छिन्।
June 7, 2019 6:53 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...