Saturday 2nd May 2026

बलिउड गायिका नेहा कक्कड आज नेपाल ओर्लिँदै, भोलि हुनेछ भव्य कन्सर्ट

7 years अगाडी

काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन्। भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाडौं आउने भएकी हुन्।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन्। कक्कडले नेपालमा पहिलोपटक हुन लागेको आफ्नो कन्सर्टमा दर्जन गीत गाउने योजना बनाएकी छन्।

पारामाउन्ट इन्टरटेन्मेन्टका प्रमुख तथा अन्तर्राष्ट्रिय मोडल दीप्क घिमिरे तथा एलओडीका सञ्चालक जनार्दन ढुंगेल ‘जेडी’ ले उनलाई काठमाडौं झिकाएका हुन्। सन् २००६ मा भएको इन्डियन आइडल सिजन–२ बाट सांगीतिक यात्रा थालेकी कक्कडले अहिले बलिउडकै नम्बर १ गायिकाका रूपमा सक्रिय छिन्।

          June 7, 2019 6:53 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...