ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने प्रदीप पौडेलको ठोकुवा
6 years अगाडी
Susma Dhakal
धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरेका छन्।शनिबार धादिङमा आयोजित पार्टीको जागरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्ट सरकारले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै यो सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरेका हुन् ।
पौडेलले भने, “कम्युनिस्ट सरकारले सिङ्गो मुलुकलाई नै कम्युनिस्टकरण गर्न खोजेको छ, विभिन्न काण्डमा अल्झिएको सरकार आफ्नै कारणले ढल्छ।” सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का चीनको गेजुवालाई दिनु बदनियतपूर्ण रहेको नेता पौडेलले बताएका छन्।पौडेलले आफ्नै लगानीमा बन्न सक्ने स्थिति हुँदाहुँदै पनि सरकारले विदेशी कम्पनीलाई ठेक्का दिएर कमिसनखोरीलाई आश्रय दिएको आरोप लगाए।
June 9, 2019 9:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
Loading...