प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुग्नु भएलगत्तै हेलिकोप्टरमार्पmत अक्सफोर्ड पुग्नुभएको हो । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेट यसअघि हिजो अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ ।दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।
June 11, 2019 9:21 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन