बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालमा अझै १६ लाख बाल श्रमिक
काठमाण्डौ – ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ । नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा ब्यवसायमा आवद्ध रहेको पाइन्छ ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यस वर्ष पहिलो पटक साढे ७ करोड रुपैयाँ बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको छ । सशस्त्र द्वन्द्वका बेला आमाबाबु गुमाएका बालबालिका जोखिमयुक्त काम गर्न बाध्य भएका छन् । यस्तै २०७२ सालको भूकम्पका कारण पनि धेरै बालबालिमा श्रम गर्न बाध्य भएका छन् । बालश्रम विरुद्वको ऐन तथा नियमावलीले बालश्रम गर्ने गराउनलेलाई कानुनी अपराधको रुपमा राखेको छ । तर पनि १४ वर्ष मुनिका धेरै बालबालिका श्रम गर्न अझै पनि बाध्य छन् ।
June 12, 2019 9:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन