अमिताभ बच्चनकी नातिनी कोसँग डेट गरिरहेकी छिन्?
मुम्बई। बलिउड सुपरस्टार अमिताभ बच्चनकी नातिनी नब्या नबेलीले फिल्म क्षेत्रमा आउन यसअघि देखि नै अस्वीकार गर्दै आएकी छिन्। तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरु सधैँ चर्चामा हुने गर्दछन्। नब्या नबेलीको सम्बन्धलाई लिएर धेरै चर्चा र अड्कलबाजी हुने गरेका छन्। फेरि एक पटक यस्तै चर्चाले बलिउड तताएको छ। अमिताभकी नातिनी नब्या अभिनेता जावेद जाफरीका छोरा मिजान जाफरीसँग डेटिङमा रहेको खबरले चर्चा चुलिएको हो।
मिजान बलिउड प्रवेश गर्दैछन्। आफ्नो पहिलो चलचित्र प्रचारको क्रममा मुम्बई टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मिजानले अमिताभकी नातिनी नब्यासँगको रिलेसनको बारेमा बोलेका छन्। यही सम्बन्धको बारेमा सोधिएको एक प्रश्नमा उनले नब्या र आफ्नो साथी सर्कल एकै भएको प्रतिक्रिया दिएका थिए। नब्या आफ्नी बहिनीको असल साथी भएको र आफ्नो पनि साथी भएको उनले बताएकँ थिए। तर, आफूहरु रिलेसनमा नरहेको उनले स्पष्ट पारेका थिए।
सन् २०१७ मा एक तस्बिरका कारण अमिताभकी नातिनी नब्या चर्चाको शिखरमा पुगेकी थिइन्। उक्त तस्बिरमा उनीसँगै देखिएका व्यक्ति मिजानसँग मिल्दोजुल्दो रहेको थियो। यस तस्बिर सार्वजनिक भए लगत्तै उनीहरुको रिलेसनसिपको चर्चा व्यापक भएको थियो। सञ्जयलिला भन्सालीको फिल्मबाट डेब्यू गर्न लागेका मिजान नब्यासँगको रिलेनसनपछि थप चर्चामा छन्। यो फिल्ममा भन्सालीकी भान्जी शरमिन सहगल पनि देखिनेछिन्। यो लव स्टोरी फिल्म मंगेश हडवालेले निर्देशन गरेका हुन्। फिल्म जुन ५ मा रिलिज हुदैँछ।
June 12, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :