

सलमान खानको लागि रोहित शेट्टीले ‘सूर्यवंशी’ को प्रदर्शन मिति पछि सारे

सन् २०२० को इदको अवसरमा अभिनेता सलमान खान र अक्षय कुमारको चलचित्र जुध्ने पक्का थियो । तर हालै सार्वजनिक खबर अनुसार, यी दुई अभिनेताबीचको टक्कर टरेको छ बलिउडका खेलाडी अक्षय कुमार अभिनित फिल्मका निर्देशक रोहित शेट्टीले सलमान खानका कारण चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिदिएका छन् । अभिनेता सलमान खान १२ वर्षपछि सञ्जय लीला भन्सालीसँगै चलचित्र ‘इन्शाअल्लाह’ मा काम गरिरहेका छन् । चलचित्रमा सलमान खानको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट हुनेछिन् ।
‘इन्शाअल्लाह’ का निर्माताहरुले चलचित्रको प्रदर्शन मिति सन् २०२० को इदमा तय गरिसकेका छन् । यस कारण सलमान खान इदकै अवसरमा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गराउने कोसिसमा थिए । सलमान खानको अनुरोधपछि ‘सूर्यवंशी’ का निर्देशक रोहित शेट्टीले आफ्नो चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेका छन् । त्यसपछि सलमान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत रोहित शेट्टीलाई धन्यवाद दिँदै ‘सूर्यवंशी’ काे नयाँ मिति सार्वजनिक गरेका छन् ।
सलमानले लेखेका छन् ‘म सधैँ सोच्थेँ, उ मेरो सानो भाइ हो र अहिले उसले त्यो कुरा सावित गरिदिएको छ । ‘सूर्यवंशी’ २०२० मार्च २७ मा रिलिज हुनेछ ।’’सिंघम’ सिरिजको चौथो चलचित्र ‘सूर्यवंशी’ सन् २०२० मार्च २७ मा प्रदर्शन हुनेछ । रोहित शेट्टीको यो चलचित्रमा अक्षय कुमारका साथै कट्रिना केफको पनि मुख्य भूमिका हुनेछ । अक्षय कुमारले यो चलचित्रमा प्रहरीको भूमिका निर्वाह गर्नेछन् । रोहित शेट्टीको निर्देशनमा बन्ने ‘सूर्यवंशी’ को निर्माण करण जोहरले गर्नेछन् ।
June 13, 2019 10:20 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

