

पाँच सय रुपैयाँ लिएर मुम्बई आएकी दिशा पाटनी अहिले कराेडाैँ कमाउँछिन्

बलिउड अभिनेत्री दिशा पाटनी २६ वर्ष पुगिन् । सन् १९९२ जुन १३ मा भारतको बरेलीमा दिशा पाटनीको जन्म भएको हो । दिशा अभिनेता टाइगर श्रफकी प्रेमिका हुन् । आफ्नो बोल्डनेसका कारण बेला बेलामा चर्चामा छाइरहने दिशाका सामाजिक सञ्जालमा पनि धेरै प्रशंसकहरु छन् ।दिशाले अभिनय गरेको पछिल्लो चलचित्र ‘भारत’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । उनले अभिनेता सुशान्त सिंहका साथ ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । चलचित्रमा उनको छोटो भूमिका थियो तर उनले दर्शकको मन जित्न सफल भइन् । बलिउडमा डेब्यू गर्नुअघि उनले तेलुगु चलचित्र ‘लोफर’ मा काम गरेकी थिइन् ।
दिशाले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मैले अभिनयको सपना पूरा गर्नको लागि बीचैमा पढाइ छोडिदिएकी थिएँ ।’ उनी मुम्बई आउँदा उनीसँग मात्र पाँच सय रुपैयाँ थियो । सुरुसुरुमा उनी एक्लै बस्थिन् र काम गर्थिन् तर उनले परिवारसँग कहिल्यै सहयोग मागिनन् । दिशा अभिनयका साथै उत्कृष्ट डान्सर पनि हुन् । रणबीर कपूर उनका क्रश थिए । दिशा स्कुल जाँदा आफ्नो स्कुटर लिएर सधैँ रणबीरको पोष्टर लगाइएको बाटो जाने गर्थिन् । उनी आँखाले देखुन्जेलसम्म रणबीरको पोष्टरलाई फर्कीफर्की हेर्ने गर्थिन् ।
अहिले अभिनेता टाइगर श्रफको प्रेममा रहेकी दिशाले कुनै समय टेलिभिजन अभिनेता पार्थ सामथनलाई डेट गरेकी थिइन् । दुवैले झण्डै एक वर्षसम्म डेट गरेका थिए । त्यस समयमा दिशा फिल्म उद्योगमा सक्रिय थिइनन् तर पार्थ टेलिभिजनमा निकै चर्चित थिए । पछि दुबैले ब्रेकअप गरे । यी दुईबीच के कारणले ब्रेकअप भयो, त्यसको कारण भने सार्वजनिक भएन । घरबाट रित्तै हात आएकी दिशाको अहिले मुम्बईमा आफ्नै घर छ । उनले सन् २०१७ मा आफ्नै कमाइले घर किनेकी हुन् । पाँच करोडको घरलाई दिशाले ‘लिटिल हट’ नाम दिएकी छिन् ।
June 14, 2019 11:41 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

