काँग्रेस नुवाकोट क्षेत्रीय सम्मेलन लफडा : देउवा जाने कार्यक्रम केसी र महतद्वारा बहिस्कार !
काठमाडौं – नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर एक र दुईले शनिबार (जेठ ३२ गते) संयुक्त रूपमा क्षेत्रीय सम्मेलन गर्दैछन् । पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गर्न लागिएको असन्तुष्ट पक्षले दाबी गरेका छन् । शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।जिल्ला समितिसँग कुनै छलफल नगरी आयोजना गरिएको क्षेत्रीय भेलाको डिजाइनर सह–महामन्त्री महत भएको नुवाकोटका एक काँग्रेस नेताले जानकारी दिए ।
उनको डिजाइनमा तयार भएको उक्त कार्यक्रममा गृहजिल्ला नुवाकाेटकै भएरपनि प्रभावशाली नेता अर्जुननरसिंह केसी र रामशरण महतलाई भने सहभागिताको लागि मात्रै निमन्त्रणा गरिएको छ । कार्यक्रमबारे प्रचार गर्नका लागि तयार गरिएको प्रचार सामग्रीमा देउवा, गच्छदार र महतको फोटो राखिएको छ भने नेता केसी र रामशरण महतको फोटो राखिएको छैन । काँग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीसँग यसबारे बुझ्दा पार्टी विधान विपरित हुने कार्यक्रमा आफ्नो उपस्थिति नहुने जानकारी दिए ।
यस्तै डा.रामशरण महतले पनि उक्त कार्यक्रममा सहभागि नहुने रातोपाटीलाई जानकारी दिए ।‘केही नेताहरुले आफ्नो ढंगले एकै ठाउँमा दुईवटा क्षेत्रको क्षेत्रीय सम्मेलन गर्न लागेको सुनिएको छ । त्यो ठीक भएन । त्यो सम्मेलनमा मलाई पनि बोलाइएको थियो । तर म सहभागी हुँदैन । अन्य जिल्ला जाने मेरो पूर्व निर्धारित कार्यतालिका थियो,’ नेता महतले भने । यता पार्टी सह–महामन्त्री महतले सभापति शेरबहादुर देउवाको क्षेत्रीय सम्मेलन नभई आमसभालाई सम्बोधन गर्ने जानकारी दिए ।
यद्यपी सभापति देउवाले सभालाई सम्बोधन गरिसकेपछि छुट्टछ्ट्टै हलमा सम्मेलन हुने महतको जानकारी दिए । कार्यक्रमबारे जिल्ला सभापतिलाई समेत जानकारी गराएको उनले दाबी गरे । उनले भने,‘सम्मेलनबारे सबैलाई जानकारी गराइएको छ । सभापतिलाई पनि जानकारी गराइएको छ । अन्य नेताहरुलाई पनि जानकारी गराइएको छ ।’
गृह जिल्लाका प्रमुख नेताहरुले कार्यक्रम बहिस्कार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा सहमहामन्त्री महतले भने,‘उहाँहरु आफूले गरेको सबै कुरा ठीक, अरुले गरेको सबै कुरा बेठीक भन्ने कुरा गर्नु हुन्छ । पार्टीका सभापतिले आमसभालाई सम्बोधन गर्ने कुरा कसरी विधान विपरीत हुन्छ ? उहाँ सम्मेलन अलग–अलग ठाउँमा गर्नु हुन्छ । पार्टी सभापतिले सम्बोधन गर्ने क्रममा मात्र एकै ठाउँमा आउनुहुन्छ ।’उनले थपे,‘सबैसँगको सल्लाहपछि सम्मेलन गर्नु लागिएको हो । उहाँलाई (नेता केसी र महत) पनि निमन्त्रण दिइएको छ ।’
June 14, 2019 3:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार