काँग्रेस नुवाकोट क्षेत्रीय सम्मेलन लफडा : देउवा जाने कार्यक्रम केसी र महतद्वारा बहिस्कार !
काठमाडौं – नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर एक र दुईले शनिबार (जेठ ३२ गते) संयुक्त रूपमा क्षेत्रीय सम्मेलन गर्दैछन् । पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गर्न लागिएको असन्तुष्ट पक्षले दाबी गरेका छन् । शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।जिल्ला समितिसँग कुनै छलफल नगरी आयोजना गरिएको क्षेत्रीय भेलाको डिजाइनर सह–महामन्त्री महत भएको नुवाकोटका एक काँग्रेस नेताले जानकारी दिए ।
उनको डिजाइनमा तयार भएको उक्त कार्यक्रममा गृहजिल्ला नुवाकाेटकै भएरपनि प्रभावशाली नेता अर्जुननरसिंह केसी र रामशरण महतलाई भने सहभागिताको लागि मात्रै निमन्त्रणा गरिएको छ । कार्यक्रमबारे प्रचार गर्नका लागि तयार गरिएको प्रचार सामग्रीमा देउवा, गच्छदार र महतको फोटो राखिएको छ भने नेता केसी र रामशरण महतको फोटो राखिएको छैन । काँग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीसँग यसबारे बुझ्दा पार्टी विधान विपरित हुने कार्यक्रमा आफ्नो उपस्थिति नहुने जानकारी दिए ।
यस्तै डा.रामशरण महतले पनि उक्त कार्यक्रममा सहभागि नहुने रातोपाटीलाई जानकारी दिए ।‘केही नेताहरुले आफ्नो ढंगले एकै ठाउँमा दुईवटा क्षेत्रको क्षेत्रीय सम्मेलन गर्न लागेको सुनिएको छ । त्यो ठीक भएन । त्यो सम्मेलनमा मलाई पनि बोलाइएको थियो । तर म सहभागी हुँदैन । अन्य जिल्ला जाने मेरो पूर्व निर्धारित कार्यतालिका थियो,’ नेता महतले भने । यता पार्टी सह–महामन्त्री महतले सभापति शेरबहादुर देउवाको क्षेत्रीय सम्मेलन नभई आमसभालाई सम्बोधन गर्ने जानकारी दिए ।
यद्यपी सभापति देउवाले सभालाई सम्बोधन गरिसकेपछि छुट्टछ्ट्टै हलमा सम्मेलन हुने महतको जानकारी दिए । कार्यक्रमबारे जिल्ला सभापतिलाई समेत जानकारी गराएको उनले दाबी गरे । उनले भने,‘सम्मेलनबारे सबैलाई जानकारी गराइएको छ । सभापतिलाई पनि जानकारी गराइएको छ । अन्य नेताहरुलाई पनि जानकारी गराइएको छ ।’
गृह जिल्लाका प्रमुख नेताहरुले कार्यक्रम बहिस्कार गर्ने बताएका छन् नि भन्ने प्रश्नमा सहमहामन्त्री महतले भने,‘उहाँहरु आफूले गरेको सबै कुरा ठीक, अरुले गरेको सबै कुरा बेठीक भन्ने कुरा गर्नु हुन्छ । पार्टीका सभापतिले आमसभालाई सम्बोधन गर्ने कुरा कसरी विधान विपरीत हुन्छ ? उहाँ सम्मेलन अलग–अलग ठाउँमा गर्नु हुन्छ । पार्टी सभापतिले सम्बोधन गर्ने क्रममा मात्र एकै ठाउँमा आउनुहुन्छ ।’उनले थपे,‘सबैसँगको सल्लाहपछि सम्मेलन गर्नु लागिएको हो । उहाँलाई (नेता केसी र महत) पनि निमन्त्रण दिइएको छ ।’
June 14, 2019 3:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह