शीतल हत्याकाण्ड : प्रेममा शंका लागेपछि हत्या, पक्राउ परेकालाई थुनामा राख्न अदालतको आदेश
पाँचथर – जिल्ला अदालत पाँचथरले १५ वर्षीया किशोरी शीतल योङहाङका हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले हिलिहाङ गाउपालिका–४, पञ्चमिकी १५ वर्षीया किशोरी शीतलको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।शीतलको गएको वैशाख २९ गते साँझ घाँटी रेटी विभत्स हत्या गरी घर नजिकैको सडक छेउमा शव भेटिएको थियो । हत्यामा आरोप लागेका फाल्गुनन्द गाउँपालिका–२, पात्लेभञ्ज्याङका पदम गोले तामाङ, भगिरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
थुनामा राख्न आदेश दिइएकामध्ये पदम र भगिरथ घटनामा प्रत्यक्ष संलग्न रहेका थिए भने कर्णले हत्यामा संलग्न दुई जनालाई गाडीभाडा दिएर सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीनजनामध्ये बाँस्तोला घटना भएको अर्काे दिन वैशाख ३० फिदिमबाट पक्राउ परेका थिए भने कर्ण तामाङ नौ दिनपछि फिदिमबाट नै पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार पदम गोले तामाङ भने घटना भएको २१ दिनपछि गएको जेठ १८ गते झापाको दमकबाट पक्राउ परेका थिए ।
पदम हत्या गरिएकी शीतलको प्रेमी रहेको वताइएको छ । आफूबाट टाढिएर अर्कै युवकलाई प्रेम गर्न थालेको आशंकामा तामाङले शीतलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीले जनाएको छ । स्थानीय सिद्ध माध्यमिक कक्षा–१० मा अध्यय्नरत शीतलको पदमले बाँस्तोलाको सहयोग लिएर वैशाख २९ गते साँझ शीतलको घर नजिकै रहेको मान्छे नबस्ने अर्काे घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । अदालतको आदेशबमोजिम तीन जनालाई कारागार चलान गरिसकिएको पाँचथर प्रहरीले जनाएको छ ।
June 15, 2019 10:32 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन