चर्चित हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन
काठमाडौं ३२ जेठ / जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार हुन्। उनलाई “मुन्द्रे” भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्।
त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् । जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका थिए। बि. सं. २०३२ असार १ गते जन्मिएका उनि अंग्रेजी मिति अनुसार आजबाट ४४ वर्षका भए ।
पछिल्लो समय जितु नेपालले सञ्चालन गर्दै आएका “मुन्द्रेको कमेडी क्लब” कार्यक्रम दर्शक स्रोताको पहिलो रोजाईमा पर्दछ । उनी अहिले चलचित्र “छ माया छपक्कै” को छायांकनमा पनि ब्यस्त छन् । चर्चित हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ ज्युलाई चौतारी मिडियाको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।
June 15, 2019 1:09 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :