युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न । हेर्नुहोस फोटो फिचर
युएई , नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व, नेपाल आदिबासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष डेर राज तमुको प्रमुख अतिथ्य तथा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा लगायत विभिन्न जातिय,जिल्लागत,राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रम लामा गुरुहरु द्धारा बौद्ध पुजापाठ तथा धार्मिक प्रवचनको साथमा दिप प्रज्वालन गरेर उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ
युएईका महासचिव सनिल घिसिङले कार्यक्रममा स्वागत मनतव्य राखेका थिए । उक्त कार्यक्रमको शुभकामना मनतव्य क्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण राज्यले विभिन्न बहानामा आदिबासी जनजातिहरुको प्राप्त भइसकेको अधिकारहरु समेत कटौती गर्दै गरेकोमा राज्यको गम्भीर ध्यानकर्षन गराएका छन ।
नेवार समुदायको अस्तित्व संग जोडेको गुठी माथिको हस्तक्षेप, लोकसेवा विज्ञानपनमा संविधानको मर्म विपरीत समानुपातिक समाबेशिता नभएको प्रति पुर्व अध्यक्ष डेरराज तमुले आक्रोश व्यक्त गरे ।
त्यसैगरि नेपाल समाज युएईका अध्यक्ष सिपि सापकोटाले व्यबाहारिक रुपमा बुद्धको अनुयायी जस्तो नभएमा बुद्धको जन्म जयन्ती मनाउनुको अर्थ नहुने, त्यसैले बुद्धको मार्गदर्शनमा हिड्न र युएईको कानुनलाई मध्यनजर गरेर पछिल्लो चरण देखेको विकृति बारे सचेत हुन उपस्थित सबैमा आह्वन समेत गरेका थिए भने तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले बुद्ध दर्शन र त्यसको औचित्य बारे प्रष्ट्याएका थिए ।
अनौपचारिक कार्यक्रममामा आदिबासी जनजाति महासंघ मातहतका जातिय संघ संस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाजका कलाकारहरुले आफ्नो जातिय पहिचान झल्किने विभिन्न प्रस्तुतिहरु समेत प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमको औपचारिक तर्फ कुमार बलामी र विजय लक्ष्मी राई, अनौपचारिक तर्फ केशवराज महतो र सांगी डोल्मो गुरुङले सञ्चालन गरेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन