

कपिलदेवकाे जीवनीमा आधारित चलचित्रमा दीपिका पादुकाेणकाे पारिश्रमिक १४ करोड

दीपिका पादुकोण र रणविर सिंंहको जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ ।दीपिकाले हालै पति रणविर सिंंहको फिल्म ‘८३’ साइन गरेकी छिन् । कबीर खानको निर्देशनमा बनिरहेको यस फिल्ममा रणविर सिंंहले भारतीय क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिरहेका छन् । दीपिका पादुकोणले यस फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्नेछिन् । खबरहरुका अनुसार यस फिल्ममा अभिनय गर्नका लागि निर्माताहरुले दीपिकालाई करोडौं रुपैयाँ पारिश्रमिक दिएका छन । यस अघि दीपिका यस फिल्मको छोटो भूमिकामा अभिनय गर्न तयार थिइन् ।
तर पछि निर्माताहरुले दीपिकालाई १४ करोड रुपैयाँको ठूलो रकम पारिश्रमिक दिने प्रस्ताव राखेपछि दीपिकाले यो फिल्म साइन गरेकी छिन् । दीपिका आफैँले भारतीय मिडीयासँगको कुराकानीका क्रममा फिल्म ‘८३’ मा आफूले क्रिकेटर कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्ने बताएकी थिइन् । आफ्नो भूमिकाको लागि अब दीपिका कपिल देवकी श्रीमती रोमी भाटिसँग केही समय बिताउने छिन् ।
दीपिकाले भनेकी छिन्, ‘मैले उहाँलाई कैयौँ पटक भेटिसकेकी छु । मेरो विवाहको रिसेप्सनमा पनि र अन्य सामाजिक कार्यक्रममा पनि हाम्रो कुराकानी भएको छ । कैयाैँ कुराहरु उहाँले मसँग सेयर गर्नुभएको छ । जुन कुराहरु मेरो भूमिकाको लागि सहयोगी बन्न सक्छन् । मेरो परिवार र उहाँबीच वर्षौंदेखिको चिनजान छ । म आशा गर्छु कि फिल्ममा मैले गरेको कामले उहाँ खुसी हुनुहुनेछ । म फिल्मको काम सुरु हुनुअघि केही सयम उहाँसँगै बिताउनेछु जसले गर्दा म फिल्ममा उहाँको भूमिका अझै राम्ररी निर्वाह गर्न सक्छु ।’
रणविर सिंंह यतिबेला फिल्म ‘८३’ को छायांकनका लागि बेलायतमा छन् । फिल्म ‘८३’ स्पोर्ट्स ड्रामा हो । सन् १८८३ मा भएको क्रिकेट विश्वकपमा वेस्ट इण्डिजविरुद्ध भारतले पहिलो पटक ऐतिहासिक जीत हासिल गरेको थियो ।यो फिल्म २०२० को अप्रिल १० मा रिलिज हुनेछ । फिल्ममा रणविर सिंंह, दीपिका पादुकोणसँगै हार्डी सन्धु, चिराग पटेल, साकिब सलीम, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय रहनेछ ।
June 16, 2019 11:38 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

