कपिलदेवकाे जीवनीमा आधारित चलचित्रमा दीपिका पादुकाेणकाे पारिश्रमिक १४ करोड
दीपिका पादुकोण र रणविर सिंंहको जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ ।दीपिकाले हालै पति रणविर सिंंहको फिल्म ‘८३’ साइन गरेकी छिन् । कबीर खानको निर्देशनमा बनिरहेको यस फिल्ममा रणविर सिंंहले भारतीय क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिरहेका छन् । दीपिका पादुकोणले यस फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्नेछिन् । खबरहरुका अनुसार यस फिल्ममा अभिनय गर्नका लागि निर्माताहरुले दीपिकालाई करोडौं रुपैयाँ पारिश्रमिक दिएका छन । यस अघि दीपिका यस फिल्मको छोटो भूमिकामा अभिनय गर्न तयार थिइन् ।
तर पछि निर्माताहरुले दीपिकालाई १४ करोड रुपैयाँको ठूलो रकम पारिश्रमिक दिने प्रस्ताव राखेपछि दीपिकाले यो फिल्म साइन गरेकी छिन् । दीपिका आफैँले भारतीय मिडीयासँगको कुराकानीका क्रममा फिल्म ‘८३’ मा आफूले क्रिकेटर कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्ने बताएकी थिइन् । आफ्नो भूमिकाको लागि अब दीपिका कपिल देवकी श्रीमती रोमी भाटिसँग केही समय बिताउने छिन् ।
दीपिकाले भनेकी छिन्, ‘मैले उहाँलाई कैयौँ पटक भेटिसकेकी छु । मेरो विवाहको रिसेप्सनमा पनि र अन्य सामाजिक कार्यक्रममा पनि हाम्रो कुराकानी भएको छ । कैयाैँ कुराहरु उहाँले मसँग सेयर गर्नुभएको छ । जुन कुराहरु मेरो भूमिकाको लागि सहयोगी बन्न सक्छन् । मेरो परिवार र उहाँबीच वर्षौंदेखिको चिनजान छ । म आशा गर्छु कि फिल्ममा मैले गरेको कामले उहाँ खुसी हुनुहुनेछ । म फिल्मको काम सुरु हुनुअघि केही सयम उहाँसँगै बिताउनेछु जसले गर्दा म फिल्ममा उहाँको भूमिका अझै राम्ररी निर्वाह गर्न सक्छु ।’
रणविर सिंंह यतिबेला फिल्म ‘८३’ को छायांकनका लागि बेलायतमा छन् । फिल्म ‘८३’ स्पोर्ट्स ड्रामा हो । सन् १८८३ मा भएको क्रिकेट विश्वकपमा वेस्ट इण्डिजविरुद्ध भारतले पहिलो पटक ऐतिहासिक जीत हासिल गरेको थियो ।यो फिल्म २०२० को अप्रिल १० मा रिलिज हुनेछ । फिल्ममा रणविर सिंंह, दीपिका पादुकोणसँगै हार्डी सन्धु, चिराग पटेल, साकिब सलीम, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय रहनेछ ।
June 16, 2019 11:38 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।