नम्रताको जन्मदिन मा ‘जाइरा’ को पोस्टर सार्बजनिक
काठमाडाैं । अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका भएको फिल्म ‘जाइरा’ को पोस्टर सार्वजनिक भएको छ । नम्रताको ३३ औं जन्मदिनको अवसरमा उपहार स्वरुप चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकारहरुको उपस्थिती रहेको थियो ।सार्वजनिक गरिएको पोस्टरमा नम्रतालाई मात्र देखाइएको छ भने उनलाई एक्सन अवतार देख्न सकिन्छ । फिल्ममा उनलाई भिन्न लुक्समा देखाइएको छ । उनले यस फिल्मको लागि मार्शल आर्ट सिक्नुका साथ साथै आफ्नो भूमिकालाई न्याय दिन कपाल पनि काटेकी छिन् ।
फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । मार्सल आर्टिस्टको बदलाको कथामा आधारित रहेको यस चलचित्र महिला प्रधान एक्शन फिल्म रहेको छ फिल्ममा नम्रता सँगै अभिनेताअनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रा.लि.को प्रस्तुतिमा रहेर फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत दिएका छन् । निर्माण टिमले फिल्मलाई भदौ ६ गते बाट देशभर प्रदर्शनमा ल्याउने तय गरेको छ ।
June 16, 2019 12:31 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :