नम्रताको जन्मदिन मा ‘जाइरा’ को पोस्टर सार्बजनिक
काठमाडाैं । अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका भएको फिल्म ‘जाइरा’ को पोस्टर सार्वजनिक भएको छ । नम्रताको ३३ औं जन्मदिनको अवसरमा उपहार स्वरुप चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकारहरुको उपस्थिती रहेको थियो ।सार्वजनिक गरिएको पोस्टरमा नम्रतालाई मात्र देखाइएको छ भने उनलाई एक्सन अवतार देख्न सकिन्छ । फिल्ममा उनलाई भिन्न लुक्समा देखाइएको छ । उनले यस फिल्मको लागि मार्शल आर्ट सिक्नुका साथ साथै आफ्नो भूमिकालाई न्याय दिन कपाल पनि काटेकी छिन् ।
फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । मार्सल आर्टिस्टको बदलाको कथामा आधारित रहेको यस चलचित्र महिला प्रधान एक्शन फिल्म रहेको छ फिल्ममा नम्रता सँगै अभिनेताअनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रा.लि.को प्रस्तुतिमा रहेर फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत दिएका छन् । निर्माण टिमले फिल्मलाई भदौ ६ गते बाट देशभर प्रदर्शनमा ल्याउने तय गरेको छ ।
June 16, 2019 12:31 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।