खोटांङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन आगामी १६ अगष्टमा हुने
नैनकला राई जुन १६, कुवेत l खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिकमा हुने भएको छ l
गत जुलाई १३ तारिक शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो l साथै अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्l
रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका खोटाङ्गेहरुलाई एक ढिक्का बनाउदै बिशेष जन्मभूमिको विकाशको लागि टेवा पुर्याउने हेतुले “भाषा अनि संस्कृतिमा बिबिधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सन् २०११ मा संस्थापक संरक्षक मन्जित चाम्लिङ राई लगाएत कुवेतबासी खोटाङ्गेहरुको अग्रसरतामा कुवेतमा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंचले निरन्तररुपमा कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आईरहेको छ l
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने खोटाङ्गेहरु लगाएत बुद्धिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरीदिन हुन पनि मंचका संरक्षक राईले आग्रह गरेका छन् ।
कार्यक्रमको विवरण
मिति : १६ अगष्ट २०१९ शुक्रबार
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया
समय : दिनको ठिक १२ बजे
आयोजक : खोटाङ कुवेत सम्पर्क मंच, कुवेत
June 17, 2019 2:37 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन