

अक्षय कुमारले हात जोड्दै फ्यानहरुलाई भने: नकारात्मक कुराको पछि नलाग्नुहोस्

सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिएको भन्दै भड्किएका फ्यानहरुलाई अभिनेता अक्षय कुमारले हात जोड्दै नकारात्मक कुराको पछाडि नलाग्न अपिल गरेका छन् । अक्षयले आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै लेखेका छन्, ‘पछिल्ला केही दिनदेखि मेरा नजिकका अर्थात् तपाइँहरुले नकारात्मक ट्रेण्ड चलाइरहनु भएको छ । तपाइँहरुको रिसलाई बुझ्न सक्छु । म केवल हात जोडेर बिन्ति गर्न चाहन्छु कि यस किसिमका ट्रेण्डको सुरुवात नगर्नुहोस् र यस्तो नकारात्मक कुराको पछाडि नलाग्नुहोस् । मैले ‘सूर्यवंशी’ एकदमै सकारात्मक दृष्टिकोणका साथ सुरु गरेको थिए । तसर्थ यसलाई त्यही रुपमा बन्न र प्रदर्शन हुन दिनुस् ।’
यस अघि रोहित शेट्टीको निर्देशनमा बन्दै गरेको तथा अक्षय कुमार र कट्रिना केफको अभिनय रहने चलचित्र ‘सूर्यवंशी’ सन् २०२० को इदको अवसरमा रिलिज हुने बताइएको थियो । तर पछि सलमान खानको चलचित्र ‘इन्शाअल्लाह’ सँग जुध्ने भएपछि ‘सूर्यवंशी’ तोकिएको मिति भन्दा दुई महिनाअघि २७ मार्च २०२० मा सारिएको छ । चलचित्रको मिति परिवर्तन भएपछि सलमान खानले रोहित शेट्टी आफ्नो ‘भाइ’ सरह रहेको र त्यो कुरालाई रोहितले पनि साबित गरिदिएको भन्दै ट्वीट गरेका थिए । सलमानले ‘सूर्यवंशी’ को परिवर्तित प्रदर्शन मिति पनि सार्वजनिक गरेका थिए । अक्षयको चलचित्रको मिति अचानक परिवर्तन भएपछि उनका फ्यानहरुलाई यो कुरा चित्त बुझेन । फ्यानहरुले निर्देशक रोहित शेट्टीले अक्षय कुमारको इच्छा विपरीत चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेको आरोप लगाइरहेका छन् । अक्षयका फ्यानहरुले रोहित शेट्टीविरुद्ध ट्विटरमा क्याम्पेन चलाउँदै ट्रोल गरेका थिए ।
June 19, 2019 10:34 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

