हिमनदी पग्लने दर तीव्र गतिमा बढ्यो
7 years अगाडी
Susma Dhakal
अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ । अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् ।
उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका तस्बिर दाँज्दा ती क्षेत्रमा गएको ४० वर्षमा हिमनदी दोब्बर दरले पग्लिएको निष्कर्ष निकालेका बीबीसीले जनाएको छ ।
सन् २००० यता हिमनदीको उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण हिमनदीको बरफ तीव्र गतिमा पग्लिएको बताएका छन् ।
June 20, 2019 11:06 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...