परिणिती भन्छिन्–‘अर्जुनको किस गर्ने तरिका फरक र गज्जबको छ’
पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ ।हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा सोधिएको थियो । नायक अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामध्ये कसले राम्रो किस गर्छन् भनेर प्रश्नकर्ताले परिणितीलाई प्रश्न गरे ।
परणितीले भनेकी छिन्–‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको र फरक किसिमको छ । उसले गर्ने किस सानदार हुन्छ ।’ अर्जुन र परणितीले चलचित्र ‘इशकजादे’ र ‘नमस्ते लण्डन’मा एक साथ काम गरेका थिए । उक्त दुबै चलचित्रमा अर्जुन र परणितीको किस सिन छ ।यस्तै परणितीले सोही अन्तरवार्तामा आफू प्रेममा भएको पनि खुलाएकी छिन् । उनले भनेकी छिन्–‘म अहिले एक नायकसँग डेट गरिरहेको छु । तर बिडम्बना, मैले उनको नाम यहाँ भन्न सक्दिनँ ।’
June 21, 2019 10:33 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :