परिणिती भन्छिन्–‘अर्जुनको किस गर्ने तरिका फरक र गज्जबको छ’
पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो चलचित्रको लागि परिणितीले गरेको मिहिनेतको भने चर्चा भइरहेको छ ।हालै मात्र एक अन्र्तवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा सोधिएको थियो । नायक अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामध्ये कसले राम्रो किस गर्छन् भनेर प्रश्नकर्ताले परिणितीलाई प्रश्न गरे ।
परणितीले भनेकी छिन्–‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको र फरक किसिमको छ । उसले गर्ने किस सानदार हुन्छ ।’ अर्जुन र परणितीले चलचित्र ‘इशकजादे’ र ‘नमस्ते लण्डन’मा एक साथ काम गरेका थिए । उक्त दुबै चलचित्रमा अर्जुन र परणितीको किस सिन छ ।यस्तै परणितीले सोही अन्तरवार्तामा आफू प्रेममा भएको पनि खुलाएकी छिन् । उनले भनेकी छिन्–‘म अहिले एक नायकसँग डेट गरिरहेको छु । तर बिडम्बना, मैले उनको नाम यहाँ भन्न सक्दिनँ ।’
June 21, 2019 10:33 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।