३३ बर्षकी पुगिन् नम्रता : बाल्यकाल र टिनेजमा कस्ती थिइन् ?
काठमाडौ । नायिका नम्रता श्रेष्ठ जेठ ३१ गते बाट ३३ वर्ष पुगेकी छिन् । उनले उनले गएको हप्ता आफ्नै एटिक रेष्टुरेन्टमा ‘जाइरा’ फिल्म टिमसँग आफ्नो जन्मदिन मनाइन् । नम्रताको मुख्य भूमिका रहेको जाइरा भदौ ६ गतेदेखि प्रदर्शन हुँदैछ ।
जन्मदिन मनाउँदै गर्दा आफुले कहिलै उमेर नलुकाएको नम्रताले बताइन् । उनले भनिन, ‘मैंले कहिल्यै पनि आफ्नो उमेर लुकाउने गरेको छैन । म आज देखि ३३ वर्ष पुगें ।’ उनको जन्मदिनमा जाइरा टिमबाट कलाकारहरु अनुपविक्रम शाही, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, निर्देशक आशुतोष श्रेष्ठ, निर्माता प्रशन्न गोपाली लगायत उपस्थित थिए ।
नम्रताले जाइरा को लागि मार्सल आर्ट पनि सिकेकी छिन् । नम्रतालाई शान्त स्वभावको नायिकाको रुपमा चिनिन्छ, तर उनले आफु सानोमा झगडालु स्वभावको भएको बताइन् । उनले भनिन्, ‘म सानोमा झगडालु स्वभावकै थिएँ । तर जति ठूलो हुँदै गए झगडा नगर्ने खाल्को भएँ । जाइराले त्यो शक्ति फर्काउँन प्रोत्साहन गर्यो । अहिले सशक्त भएको महसुस भइरहेको छ ।’ उनले किशोर अवस्थामा अति नै जिज्ञासु भएको सुनाईन् ।
June 23, 2019 11:56 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।