 
						 
बन्दको प्रभाव आंशिक मात्र : केही केही स्थानमा यस्ता आतंक
 
 काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा आंशिक मात्र परेको छ । प्रहरीको कार्बाहीमा सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आवहान गरेको हो ।
बन्दको बिहानैदेखि उपत्यकामा अरु दिनको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । तर प्रभाव कम देखिएको छ । सार्वजनिक गाडीहरु आशिंक रुपमा थोरै भए पनि चलेका छन् निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन् । तर लामो दुरीका सवारी साधन भने चलेका छैनन् ।
त्यस्तै केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ। ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्।
यसैबिच ललितपुरको जावलाखेलमा मंगलबार बिहान कालो झोलामा संकास्पद बस्तु भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानै बनेपा रातो पुल नजिकै आतंकित हुने कडा आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन बजेतिर ड्याङ्गको ठूलो आवाज आएको स्थानीयको भनाइ छ । प्रहरीले भने कुनै पुष्टि गरेको छैन। त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकरलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले निस्कृय पारेको छ ।
June 25, 2019 12:40 pm | टप 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
